कोरोनाले विश्व अर्थतन्त्र नै डामाडोल भएको बेला अमेजनाका मालिक बेजोसले कमाए २४ अर्ब डलर

ई-कमर्श कम्पनी अमेजनका मालिक जोफ बेजोस

कोरोनो भाइरसका कारण विश्व अर्थतन्त्रमै गिरावट आइरहेको छ । विश्वका डलर अर्बपतिहरुले अर्बौं डलर गुमाइसकेका छन् । तर, अमेजनका मालिक जेफ बेजोसले भने यहीबेला आफ्नो सम्पत्ति २४ अर्ब डलर थपेका छन् ।

 

कोरोना भाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण उनकबो सम्पत्ति २४ अर्ब अमेरिकी डलर थप भएको हो । विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले १ खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।

 

अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोना भाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ। माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सृजना गरेको छ।

 

संसारकै धनी व्यक्ति उनको अमेजनमा ११ प्रतिशत सेयर छ । मङ्गलवार मात्रै अमेजनको सेयको मूल्य ५.३ प्रतिशतले बढेको छ।

 

बेजोसले १ लाख डलर लगानी गरेर सन् १९९५ मा अमेजन शुरू गरेका थिए। उनले अमेजन सुरु गर्न ३० वर्षको उमेरमा जागिर छोडेका थिए। उनकी पत्नी न्यूयोर्कमा डीई सह नामक संस्थामा सहकर्मी थिइन् र उनले पनि त्यो जागिर अमेजनका लागि छोडेकी थिइन्।

 

चार बच्चा जन्माएका उनीहरू सन् २०१९ मा छुट्टिए। पत्नीलाई बेजोसले ३८ अर्ब डलर सम्पत्ति र अमेजनमा ४ प्रतिशत सेयर दिएका थिए। सन् १९९७ मा सेयर बजारमा जाँदा अमेजनले ५ करोड ४० लाख डलर उठाएको थियो र बेजोस ३५ वर्ष पुग्नु अगाडि नै विश्वका धनीमध्ये एक बनेका थिए।

-एजेन्सी

कोरोना कोषमा २ अर्ब १ करोड जम्मा Read Previous

कोरोना कोषमा २ अर्ब १ करोड जम्मा

निजी क्षेत्रको सरकारलाई आग्रह : तत्काल राहत कार्यक्रम घोषणा गर Read Next

निजी क्षेत्रको सरकारलाई आग्रह : तत्काल राहत कार्यक्रम घोषणा गर