कोरोना कोषमा २ अर्ब १ करोड जम्मा

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म २ अर्बभन्दा बढी जम्मा भएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैशाख १ गते अपराह्न ५ बजेसम्मसम्ममा कोषमा २ अर्ब १ करोड ८ लाख ६५ हजार १ सय रुपैयाँ संकलन भएको छ ।

 

कोषमा विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, व्यापारी, व्यावसायी, सामाजिक संघसंस्था, सामाजिक अभियन्ता, कलाकार, समाजसेवी लगायतले रकम जम्मा गरेका हुन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा अहिलेसम्म सबैभन्दा धेरै नेपाल आयल निगमले ५० करोड सहयोग गरेको छ ।

 

सरकारले चैत ९ गते उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने छ।

महँगोमा उपभोग्य सामग्री बेच्ने बुद्धबजारलाई २ लाख जरिवाना Read Previous

महँगोमा उपभोग्य सामग्री बेच्ने बुद्धबजारलाई २ लाख जरिवाना

कोरोनाले विश्व अर्थतन्त्र नै डामाडोल भएको बेला अमेजनाका मालिक बेजोसले कमाए २४ अर्ब डलर Read Next

कोरोनाले विश्व अर्थतन्त्र नै डामाडोल भएको बेला अमेजनाका मालिक बेजोसले कमाए २४ अर्ब डलर