महँगोमा उपभोग्य सामग्री बेच्ने बुद्धबजारलाई २ लाख जरिवाना

काठमाडौं । तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री विक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा।लिलाई कारबाही गरेको छ ।

 

नियमित अनुगमनका क्रममा सो प्रालिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

 

विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

सवारी पासको दुरुपयोग बढ्दोे, कारबाही थप कडा बनाउँदै ट्राफिक प्रहरी Read Previous

सवारी पासको दुरुपयोग बढ्दोे, कारबाही थप कडा बनाउँदै ट्राफिक प्रहरी

कोरोना कोषमा २ अर्ब १ करोड जम्मा Read Next

कोरोना कोषमा २ अर्ब १ करोड जम्मा