एनआईसी एशियाको भित्ते तथा टेबल पात्रो सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७७ सालको भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पात्रो सार्वजनिक गरेका हुन् । भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको बिदा, चाड, दिवस, पञ्चांग तिथिलगायतका विवरण उल्लेख छ ।

 

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताललगायत रमणीय स्थललाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालसहित २५ देशलाई ऋण तिर्ने समय ६ महिना थप्यो Read Previous

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालसहित २५ देशलाई ऋण तिर्ने समय ६ महिना थप्यो

कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ Read Next

कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ