कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोभिड(१९ स्वाइन फ्लू भन्दा १० गुणा घातक हुने पुष्टि भएको छ ।

 

२००९ को जनवरीदेखि २०१० को अगस्टसम्म महामारीको रुपमा फैलिएको स्वाइन फ्लूबाट १६ लाख संक्रमित भएका थिए । जसका कारण १८ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो । हालै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेससले कोरोना भाइरसको क्षति स्वाइन फ्लूबाट भएको क्षतिलाई धेरै भइसकेको बताए ।

 

‘हामीलाई जे थाहा छ त्यो मात्रै भन्न सक्छौँ, हामीलाई जे थाहा छ त्यही मात्रै गर्न सक्छौँ, तर विभिन्न देशबाट प्राप्त प्रमाणले यसले यो कसरी फैलन्छ र कस्तो असर गर्छ भन्ने प्रष्ट चित्र आइसकेको छ,’ टेड्रोसले भने । उनले अघि थपेका छन्, ‘कोभिड १९ तीव्र रुपमा फैलन्छ र हामीलाई थाहा छ यो घातक छ, यति घातक कि, २००९ को स्वाइन फ्लू महामारीभन्दा १० गुणा बढी ।’

 

कोरोना भाइरसका कारण विश्वभर १८ लाख ३५ हजार भन्दा धेरै संक्रमित भएका छन् । यस्तै १ लाख १३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । चीनको वुहान सहरबाट सुरु भएको कोभिड १९ पछिल्लो समय अमेरिका र युरोपका कतिपय देशमा तीव्र रुपमा फैलिएको छ ।

-एजेन्सी

एनआईसी एशियाको भित्ते तथा टेबल पात्रो सार्वजनिक Read Previous

एनआईसी एशियाको भित्ते तथा टेबल पात्रो सार्वजनिक

विदेशमा रहेका ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने चाहना Read Next

विदेशमा रहेका ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने चाहना