विदेशमा रहेका ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने चाहना

काठमाडौं । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतबारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्ये ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेका छन् । त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन उनीहरुले आग्रह गरेको संघले बताएको छ ।

 

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोन कलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहाना राखेका छन् ।

 

हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

 

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ ।

 

महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् ।

 

सोमबार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् ।

 

युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, वेलायतलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ-आफ्ना समस्या टिपोटको महासचिव डा. शर्माले जानकारी दिए ।

 

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् ।

कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ Read Previous

कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ

लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय Read Next

लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय