इन्धनको उत्पादन कम गर्ने विषयमा तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु आइतबारको भिडियो सम्मेलन गर्दै सहमति जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा इन्धनको माग कम भएपछि विश्वव्यापी रुपमा उत्पादन १० प्रतिशतले घटाउने सहमति भएको हो । तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो ।
रुससहित ओपेक र अन्य तेल उत्पादक मुलुकहरुले अप्रिल ९ देखि नै तेल उत्पादन कम गर्ने तयारी गरे पनि मेक्सिकोले सहमति नजनाउँदा लागू हुन सकेको थिएन ।
ओपेकले तेल कटौतिसम्बन्धी सहमती गरे पनि औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ । यस सहमतीसँगै अब नियमितभन्दा दैनिक ९.७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ ।
उक्त सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धेरै उर्जा क्षेत्रमा रोजगारी जोगिनेभन्दै रुसी राष्ट्रपति भलाद्मिर पुटिन र साउदी राजा सलमानलाई धन्यवाद दिएका छन् ।
एजेन्सी