एनसेलले तिर्‍यो थप १४ अर्ब ३३ करोड पूँजीगत लाभकर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आइतबार आफूले तिर्नु पर्ने सबै पूँजीगत लाभकर बुझाएको छ ।

 

एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री बापत तिर्नुपर्ने बाँकी रकम १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पूँजीगत लाभकर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ ।

 

यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । एनसेलले दुई साताअघि ४ अर्ब ६० करोड बुझाएको थियो । एनसेलले सरकारलाई कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ ।

क्यानाडाको राहत प्याकेज : निजी कम्पनीका कर्मचारीको ७५% तलब सरकारले व्यहोर्ने Read Previous

क्यानाडाको राहत प्याकेज : निजी कम्पनीका कर्मचारीको ७५% तलब सरकारले व्यहोर्ने

लकडाउनमा खाद्यान्न सकियो ? अनलाइन अर्डर गर्नुहोस्, यी कम्पनीले घरमै ल्याइदिन्छन् Read Next

लकडाउनमा खाद्यान्न सकियो ? अनलाइन अर्डर गर्नुहोस्, यी कम्पनीले घरमै ल्याइदिन्छन्