सूचना प्रविधि क्षेत्रका दुई ठूला कम्पनी एप्पल र गुगलले संयूक्तरूपमा कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आए/नआएको जानकारी दिने प्रविधिको विकास गरिरहेका छन्। उनीहरूले यस प्रविधिले सुरुमा तेस्रो पक्षको सम्पर्क (ट्रेसिङ) प्रभावकारी रूपमा चलाउन मद्दत गर्ने आशा राखेका छन्।
यी दुई कम्पनीले निमार्ण गर्ने कोभिड १९ ट्रयाकीङ सिस्टम एनरोइड र आइओएस डिभाइसमा सर्पोट गर्ने खालको हुनेछ । यी कम्पनीहरुले विकास गरिरहेको कोरोना भाइरस पहिचान प्रणालीको गोपनियता संरक्षण गर्दै आगामी केही दिनमा प्रयोगमा ल्याउन सकिने बताइएको छ ।
यसमा कन्ट्राक्ट ट्रेसिङ र यूजर प्राइभेसी गरी दुई मुख्य शब्दावली हुनेछ । परम्परागत भन्दा पनि प्रविधिमा आधारीत कोरोना भाइरस ट्रयाकीङ विधिमा एप, ब्लुतुथको माध्यमवाट पूर्णरुपमा अज्ञात दृष्टिकोण मार्फत विकास गर्न लागेको हो । यो प्रविधि चलिरहेको समय प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत डाटा र सूचना भने रेकर्ड हुनेछैन।
‘गोपिनिता, पारदर्शिता र सहमति यसका महत्वपूर्ण प्रयासहरू हुन्। हामी यसको कार्यक्षमतालाई बनाउन इच्छुकहरूसँग सल्लाह गरिगरेका छौं,’ गुगले र एप्पलले संयूक्त रुपमा निकालेको वक्तव्यमा भनेका छन्।
यसरी विकास गरीएको प्रविधिमा यूजर गोपनीयता र सुरक्षाका सन्दर्भमा मुख्य ध्यान दिइने डिजाइन गरीनेछ । दुवै कम्पनीको संयूक्त वक्तव्य अनुसार तत्कालको आवश्यकतालाइ ध्यानमा राख्दै यस योजनाले २ चरणमा समस्याको समाधान गर्ने उपायहरु कार्यान्वयन गर्ने छ, यसमा प्रयोगकर्ताको गोपनियतालाइ विषेश सुरक्षामा राखेर काम गर्नु पर्ने हुन्छ ।
कन्ट्रयक्ट टे«सिङले कोरोना भाइरस फैलनवाट नियन्त्रण गर्न मद्दत गर्छ । यस्तोमा एप्पल र गुगलले ती प्रविधिसँग मिलेर समस्याको समाधान गर्ने लक्ष्य राखेको छ। आगामी मे महिनाबाट यी कम्पनीले विकास गरेको प्रविधि प्रयोगमा आउने बताइएको छ ।
दक्षिण कोरिया, इजरेल, पोल्यान्ड र सिगांपुर जस्ता देशहरूले यसअघि नै मोबाइल फोनमा ट्राकिङ प्रविधि भित्राइसकेका छन्। अमेरिका, फ्रान्स र जर्मनी आदिले समेत यसै सम्बन्धा काम गर्दैछन्।