कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो, यी हुन् धेरै मृत्यु हुने १० देश

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण ज्याउन गुमाउनेको संख्या १ लाख नाघेको छ । शनिबार बिहानसम्ममा कोरोनाबाट विश्वभर १ लाख २ हजार ७३४ जनाको मृत्यु भइसकेको छ ।

 

३ महिना अघि चीनको वुहानमा देसिखएको महामारीले पछिल्लो ३ हप्तामा मात्रै ९० हजारभन्दा बढीको ज्यान लिएको छ भने पछिल्लो सातादेखि मृत्युदर ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा औसतमा दैनिक करिब ७ हजारको मृत्यु भइरहेको छ भने यो दर बढ्दो क्रममा छ ।

 

कोरोनाबाट पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै दुई हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ७ हजार ९ जनाले ज्यान गुमाउँदा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार यो अहिलेसम्म एउटै देशमा २४ घण्टामा यति धेरैले ज्यान गुमाएको पहिलोपटक हो ।

 

हालसम्म कोरोना भाइरसको संक्रमण २१० देशमा फैलिसकेको छ भने संक्रमितको संख्या १७ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८२ हजार नयाँ संक्रमित थपिएका छन् ।

 

कोरोनाबाट सबैभन्दा क्षति अमेरिकाले व्यहोरेको छ । शनिबार बिहानसम्म अमेरिकामा मात्रै संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । यो विश्वकै संक्रमितको २९ प्रतिशत हो । अमेरिका धेरै मृत्यु हुने देशमा दोस्रोमा रहेको छ । हालसम्म १८ हजार ७४७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

कोरोनाका कारणले सबैभन्दा धेरैको ज्यान इटलीमा गएको छ । इटलीमा कोरोनाबाट १८ हजार ८४९ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १ लाख ५८ हजार पुगेको छ ।

 

यस्तै कोरोनाबाट युरोपेली देशहरु स्पेन, फ्रान्स, वेलायत, जर्मनी पनि अति प्रभावित भएका छन् । हालसम्म स्पेनमा १६ हजार ८१, फ्रान्समा १३ हजार १९७ र वेलायतमा ८ हजार ९५८ को ज्यान गइसकेको छ । यी देशहरुमा संक्रमित हुनेको संख्या पनि १ लाख नाघिसकेको छ ।

 

यी हुन् कोरोनाबाट धेरै संक्रमित र मृत्यु हुने देशहरु :

सञ्चयकोषले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने Read Previous

सञ्चयकोषले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

कोरोना ‘ट्रयाक’ गर्न एप्पल र गुगल संयुक्त रुपमा प्रविधि विकास गर्दै Read Next

कोरोना ‘ट्रयाक’ गर्न एप्पल र गुगल संयुक्त रुपमा प्रविधि विकास गर्दै