भाटभटेनीद्वारा बागमती प्रदेशलाई २५ लाख

काठमाडौं । भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरले कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि बागमती प्रदेशलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

भाटभटेनी सुपरमार्केट, चितवनकी प्रबन्धक जमुना गुरुङले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पोख्रेललाई बिहीबार उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

 

संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत उक्त सहयोग गरिएको सुपरमार्केटका सञ्चालक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार सातवटै प्रदेशमा सुपमार्केट प्रति प्रदेश २५ लाख हस्तान्तरण गरिएको उनले बताए ।

 

यसअघि सुपरमार्केटले संघीय सरकारको राहतकोषमा १ करोड सहयोग गरिसकेको छ ।

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा Read Previous

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा

'कोरोनाका कारण विश्वभरका ५० करोड मानिस गरिब हुने' Read Next

'कोरोनाका कारण विश्वभरका ५० करोड मानिस गरिब हुने'