‘कोरोनाका कारण विश्वभरका ५० करोड मानिस गरिब हुने’

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रमै निरन्तर आर्थिक गिरावट भइरहेको छ ।निरन्तरको आर्थिक गिरावटका कारण विश्वव्यापी गरिबी थप बढ्‍ने र ५० करोड मानिसहरु गरिबीमा धकेलिने संयुक्त राष्ट्र संघले जनाएको छ ।

 

संयुक्त राष्ट्र संघले गरेको आर्थिक र मानवीय लागतमा गरेको अध्ययनपछि यस्तो चेतावनी दिएको हो । ३० वर्षयता गरिबी यसरी विश्वव्यापी रुपमा बढेको पहिलो पटक भएको अध्ययनले जनाएको छ ।

 

आगामी साता विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र जी२० समूहका सदस्य राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बस्‍नुअघि यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।

 

संयुक्त राष्ट्र संघ विश्वविद्यालय अध्ययन प्रतिवेदन किङ्‌स कलेज लन्डन र अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालय (एएनयू)का विज्ञहरुले तयार पारेको बताइएको छ ।

 

उक्त रिपोर्टका अनुसार विश्‍वभर करिब ४० करोडदेखि ६० करोड मानिसहरु गरिबीको रेखामुनी पर्नेछन् । यसको प्रत्यक्ष असर संयुक्त राष्ट्र संघको सन् २०३० को दीगो विकास लक्ष्यमा पर्ने बताइएको छ ।

 

करिब ४० प्रतिशत नयाँ गरिबहरु पूर्वी एसिया र प्यासिफिकमा देखा पर्ने र एक तिहाइ दक्षिण एसिया र सब–साहारा अफ्रिकामा देखा पर्ने बताइएको छ ।

 

यस साताको सुरुआतमा करिब १ सय विश्वव्यापी संगठनहरुले विकासशील मुलुकहरुको ऋण माफ गर्न आह्वान गरेका छन् । जसले उनीहरुको २५ अर्ब अमेरिकी डलर बराबरको अर्थतन्‍त्रमा सहयोग पुग्‍ने बताइएको छ ।

-बीबीसी

भाटभटेनीद्वारा बागमती प्रदेशलाई २५ लाख Read Previous

भाटभटेनीद्वारा बागमती प्रदेशलाई २५ लाख

अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका चिकित्सकलाई काममा खटाउँदै सरकार Read Next

अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका चिकित्सकलाई काममा खटाउँदै सरकार