१०% ब्याज छुट र डिजिटल बैंकिङ प्रयोग कति हुन्छ त्यसले बैंकको नाफा निर्धारण गर्छ : सन्तोष कोइरलाको विचार

अहिले लकडाउनको समयमा पनि म दैनिक कार्यालय आइरहेको छु । हामीले दैनिक ३०–३२ वटा शाखा कार्यालयहरु खोलेर ग्राहकहरुलाई सेवा दिइरहेका छौं । हामी कुन शाखा कहिले खाल्ने भनेर स्थानीय निकायहरुको समन्वयमा काम गरिरेहका छौं । यसको समन्वय र व्यवस्थापनको लागि पनि म दैनिक कार्यालय आइरहेको छु ।

 

शाखा सञ्चालनका अलावा हामीले ‘एलसी’ पनि खोलिरहेका छौं ।विशेषगरी मेडिकल र खाद्य सामानहरुको आयातको लागि एलसी खोल्नै पर्ने छ अहिले । केही ‘टेलीग्राफिक ट्रान्सफर’को पनि काम भइरहेको हुन्छ ।

 

नेपालमा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । उद्योगहरुमा पनि धेरै असर परेको देखिन्छ । यो छिट्टै समाधान भइहाल्ने विषय पनि होइन । कोरोना पछि पनि सबैकुरा लाइनमा आउन केही महिना पक्कै पनि लाग्छ ।

 

सरकारले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई केही पैसा पठाउन मिल्ने सुविधा दिएपछि मानिसहरु विदेशमा आफ्ना छोराछोरीलाई पैसा पठाइरहेका छन् । त्यसैको लागि हामीले टेलीग्राफिक ट्रान्सफरको सेवा दिइरहेका हौं ।

 

कोरोना भाइरसले बैंक तथा वित्तीय क्षेत्रमा कस्तो असर पार्ला भनेर मलाई प्रश्नहरु आइरहेका हुन्छन् । यसको ठोस रुपमा उत्तर दिने बेला भइसकेको छैन जस्तो लाग्छ मलाई । त्यत्ति गहिरो अध्ययन शुरु भएको पनि छैन । कोरोना नियन्त्रण भइसकेको छैन, कति लामो जाने त्यो पनि यसै भन्न सकिने अवस्था छैन । त्यसैले यसको आर्थिक प्रभावको बारेमा यसै भन्न सकिने कुरा पनि भएन ।

 

एउटा कुरा चाहिँ के पक्का छ भने, यसले विश्वव्यापी आर्थिक मन्दीको भने संकेत गरिसकेको छ । व्लुम्बर्गले हालै गरेको एक अध्ययनले विश्व आर्थिक अवस्था सन् २००८ को आर्थिक मन्दीभन्दा खराब हुने निश्कर्ष निकालिसकेको छ । दिग्गज अर्थशास्त्रीहरुको पनि यही मत छ ।
नेपालमा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । उद्योगहरुमा पनि धेरै असर परेको देखिन्छ । यो छिट्टै समाधान भइहाल्ने विषय पनि होइन । कोरोना पछि पनि सबैकुरा लाइनमा आउन केही महिना पक्कै पनि लाग्छ ।

 

नेपालमा पनि यसको प्रभाव देखिन शुरु भइसकेको छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित अर्थतन्त्र हो । विश्वव्यापी मन्दीको कारणले हाम्रो वैदेशिक रोजगारीमा संकुचन आउनेबित्तिकै यहाँ तरलताको संकट शुरु भइहाल्ने देखिन्छ ।

 

यसले मात्र बैंकहरुको ऋण प्रवाह गर्ने क्षमता बढाउदैंन । सीसीडी अनुपातमा केही खुकुलोपन ल्याउनुपर्छ भन्ने लाग्छ ।

 

यसै कुरालाई मध्यनजर गरेरै होला सरकारले केही वस्तुहरुको आयातमा बन्देज लगाइसकेको छ ।

 

यसकारणले बैंकिङ क्षेत्रमा पनि कोरोना पश्चात तरलताको समस्या देखिन्छ नै । त्यसैको व्यवस्थापनको लागि राष्ट्र बैंकले सीआरआरको दर केही घटाएको पनि छ, हालै ल्याएको प्याकेजमा । तर, यसले मात्र बैंकहरुको ऋण प्रवाह गर्ने क्षमता बढाउँदैन । सीसीडी अनुपातमा केही खुकुलोपन ल्याउनुपर्छ भन्ने लाग्छ ।

 

यसरी आर्थिक मन्दीले घटाउने उपभोग र तरलताको अभावले बैंकिङ क्षेत्रमा पनि ठूलै असर पार्ने नै देखिन्छ । नाफा पक्कै पनि घट्ला । बैंकहरुले आ–आफ्नो आन्तरिक मुल्याङ्कन गरेका होलान् । अहिले त कारोबार ठप्प जस्तै नै हो ।

 

मेरो विचारमा चाहिँ बैंकहरुको नाफालाई तत्कालको लागि दुईवटा कुराले प्रभाव पार्ला ।

 

पहिलो, सरकारले चैत मसान्त भित्र  ब्याज बुझाउनेलाई १० प्रतिशत छुन दिन बैंकलाई भनेको छ । अब कति जनाले यो सुविधा उपभोग गर्नुहुन्छ त्यसले बैंकको तत्कालको नाफालाई प्रभाव पार्ला । दोस्रो अहिले हामीले डिजिटल कारोबारलाई प्रोत्साहन दिइरहेका छौं । तर, त्यस्तो कारोबारको शुल्क लिएका छैनौं । यसले पनि बैंकहरुको तत्कालको नाफामा प्रभाव पर्ला ।

 

दीर्घकालीन कुरा गर्ने हो भने चाहिँ समग्र विश्व अर्थतन्त्र, नेपाली अर्थतन्त्र कुन दिशामा कसरी अगाडि बढ्छ भन्नेले नै बैंकिङ क्षेत्रको पनि अवस्था निर्धारण गर्ला । बैंकिङ क्षेत्र भनेको पनि यही समाज र अर्थतन्त्रकै हिस्सा हो, फरक होइन ।

 

तर, अहिले नाफाघाटाको भन्दा पनि कोरोनासँग मिलेर लड्ने र ज्यान जोगाउने नै प्रमुख कुरा हो । ज्यान जोगिए त सबैजना मिलेर अघि बढौंला नी । (कुराकानीमा आधारित, कोइराला माछापुच्छ्रे बैंकका सीइओ हुन् ।)

कोरोना असर : डलर अर्बपतिहरुको सम्पत्ति ७०० अर्ब डलरले घट्यो Read Previous

कोरोना असर : डलर अर्बपतिहरुको सम्पत्ति ७०० अर्ब डलरले घट्यो

३ महिनापछि खुल्यो तातोपानी नाका, भित्रियो १९ बाकस मास्क Read Next

३ महिनापछि खुल्यो तातोपानी नाका, भित्रियो १९ बाकस मास्क