मेगा बैंकद्वारा सातै प्रदेशलाई ५/५ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि ७ वटै प्रदेशलाई ५/५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

 

६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

 

बैंक संचालक समितिले गरेको निर्णय अनुसार, बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५/५ लाख गरी ३५ लाख रुपैयाँ सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोना विरुद्ध लड्न यस्तो छ सेनाको चुस्त व्यवस्थापन Read Previous

कोरोना विरुद्ध लड्न यस्तो छ सेनाको चुस्त व्यवस्थापन

एनआईसी एशिया बैंकको वर्ल्ड र अर्बिट रेमिटसँग सहकार्य Read Next

एनआईसी एशिया बैंकको वर्ल्ड र अर्बिट रेमिटसँग सहकार्य