प्रभु टिभीले १ महिना सबै च्यानल सित्तैमा हेर्न दिने

काठमाडौं । लकडाउनलाई मध्यनर गर्दै प्रभु टिभीले मोबाइल एपमा सित्तैमा टिभी हेर्न पाइने अफर ल्याएको छ । घरमा बसेर मोबाइलमा नै सबै च्यानलहरु हेर्न सकिने गरी प्रभु टिभीले यस्तो अफर ल्याएको हो ।

 

लकडाउनका बेला मनोरञ्जन तथा नयाँ सूचनाको जानकारी दिने उद्देश्यले एनसेलसँगको साझेदारीमा प्रभुले यस्तो अफर ल्याएको हो । एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको सबै च्यानलहरु १ महिनासम्म सित्तैमा हेर्न पाउने बताइएको छ ।

 

एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको मोबाइल वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका १ ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए Read Previous

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए

तातोपानी नाका खोल्न चीन तयार Read Next

तातोपानी नाका खोल्न चीन तयार