वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई आगामी वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको थियो । बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताइएको छ । यसअघि नै आन्तरिक उडान पनि वैशाख ३ सम्म बन्द गरिएको छ ।

 

बैठकले कोरोना भाइरसको संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा र्‍यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको छ ।

 

कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको छ । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पलाउँदै आशाका किरण : पछिल्ला ३ दिनमा यसरी घट्यो नयाँ संक्रमित र मृत्यु हुनेको संख्या (चार्टसहित) Read Previous

पलाउँदै आशाका किरण : पछिल्ला ३ दिनमा यसरी घट्यो नयाँ संक्रमित र मृत्यु हुनेको संख्या (चार्टसहित)

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए Read Next

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए