पलाउँदै आशाका किरण : पछिल्ला ३ दिनमा यसरी घट्यो नयाँ संक्रमित र मृत्यु हुनेको संख्या (चार्टसहित)

पछिल्ला दिनहरुमा कोरोना भाइरसको फैलावटमा थोरै कमी आउन थालेको देखिएको छ । महामारीको केन्द्र रहेका इटली र स्पेनमा भाइरस थोरै सुस्ताउन थालेको जस्तो देखिन थालेको छ भने अमेरिकामा अझै केही हप्ता लाग्ने होकी जस्तो देखिन थालेको छ ।

 

मार्च महिनाको तेस्रो सातादेखि कोरोना भाइरसको फैलावट तीव्र गतिमा फैलन थालेको हो । त्यो भन्दा अगाडि मुख्य रुपमा चीनमा केन्द्रित भएको भाइरस मार्चको तेस्रो साता देखि युरोपलाई केन्द्र बनाउन थालेको थियो ।

 

विश्वव्यापी रुपमा भेटिइरहेका संक्रमितहरुको संख्या हेर्दा पछिल्ला ३ दिन यता संक्रमितहरुको संख्यामा थोरै गिरावट आउन थालेको देखिन्छ ।

अप्रित ३ तारिखका दिन हालसम्मै सर्वाधिक १ लाख १ हजारजना संक्रमित भेटिएका थिए, विश्वभर । त्यसपछिको दिनमा ८१ हजारको हाराहारीमा संक्रमित भेटिएका थिए भने अप्रिल ५ तारिखका दिन ७१ हजार संक्रमित भेटिएका थिए । अप्रिल ६ तारिखका दिन भने थोरै बढेर ७३ हजारजना संक्रमित भेटिएका थिए ।

 

अबको २ हप्तासम्ममा अमेरिकामा पनि भाइरसको फैलावटमा थोरै कमी आउने जानकारहरु बताउन थालेका छन् । साथै, उनीहरुको अबको केन्द्र दक्षिण एसिया र विशेष गरी भारत बन्नेसक्ने पनि औंल्याएका छन् ।

भारतको कुरा गर्दा केही दिनयता संक्रमितहरुको संख्या तीव्र गतिमा बढ्न थालेको छ । हाल भारतमा ५ हजारको हाराहारीमा संक्रमितहरु भेटिन थालेका छन् । तर, जानकारहरु भारतमा संक्रमितहरुको संख्या त्यो भन्दा कैयौं गुणा धेरै हुनसक्ने अनुमान गर्छन् ।

 

१ अर्ब ३० करोड भन्दा बढी जनसंख्या रहेको भारतमा हालसम्म १ लाख ४० हजार हाराहारीको मात्र जाँच हुन सकेको छ । यो भनेको प्रति १० लाख जनसंख्यामा १०० हाराहारी हो । विकसित देशहरुको प्रति १० लाख जनसंख्यामा १५ देखि २० हजारसम्म जाँच गरेका छन् ।

 

भारतको सन्दर्भमा अर्को सचेत हुनुपर्ने कुरा के छ भने त्यहाँमा सुकुम्बासी वस्तीहरुमा अत्यन्तै ठूलो जनघनत्व रहेको छ । उदाहरणको लागि मुम्बईको धाराभी भनिने सुकुम्बासी वस्तीमा करिब २.५ वर्ग किलोमिटरको क्षेत्रमा ५ लाख भन्दा बढी मानिसहरुको बसोबास छ । र, दुःखको कुरा के छ भने त्यस्ता सुकुम्बासी वस्तीहरुमा पनि संक्रमणहरु भटिन थालेका छन् ।

 

नेपालको सन्दर्भमा पनि हजारौं मानिसहरु भारतबाट विशेष गरी सुदूरपश्चिममा आएका कारण त्यहाँ उल्लेख्य मात्रामा संक्रमितहरु हुन सक्ने बताइन थालेको छ । तर, नेपालमा पनि भारतमा झैं जाँच उल्लेख्य संख्यामा हुन सकेको छैन ।

अस्ट्रेलियाली नागरिकता वितरण समारोह अनलाइन मार्फत Read Previous

अस्ट्रेलियाली नागरिकता वितरण समारोह अनलाइन मार्फत

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने Read Next

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने