काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबाट आज पद तथा गोपनियताको शपथ लिएपछि गभर्नर अधिकारीले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनलाई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसहित राष्ट्र बैंकका कर्मचारीहरुले कार्यकषमा स्वागत गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई राष्ट्र बैंकको १७ औं गभर्नरमा नियुक्त गरेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा गठित ३ सदस्यीय सिफरिस समितिले अधिकारीसहित डेपुटी गर्भर्नर चिन्तामणि शिवाकोटी र अर्थमन्त्रालयका पूर्वसचिव राजन खनाललाई मन्त्रिपरिषद्मा गभर्नरका लागि सिफारिस गरेको थियो ।