पुनर्बीमा कम्पनीको आइपीओ भोली बाँडफाँड हुने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बुधबार (चैत २६ गते) बाँडफाँड हुने भएको छ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लम्ब्याएपछि कम्पनीले बुधबार बिहान आइपीओ बाँडफाँड गर्न लागेको हो।

 

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण सेयर निष्काशन खुला गरेको थियो। साधरणतया आवेदन बन्द गरिएको १ हप्ताभित्र बाँडफाँड गर्नु पर्ने भए पनि लकडाउनका कारण समयवधि लम्बिएको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका अनुसार कम्पनीको आइपीओमा माग भन्दा ३.६८ गुणा धेरै आवेदन परेको छ । कम्पनीको आइपीओमा ४ लाख ९ हजार ७२२ जनाले ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

 

कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो।

चीनमा जनवरीयता पहिलो पटक कोरोनाका कारणले मृत्यु हुनेको संख्या शून्य Read Previous

चीनमा जनवरीयता पहिलो पटक कोरोनाका कारणले मृत्यु हुनेको संख्या शून्य

नव नियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण Read Next

नव नियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण