काठमाडौं । सगरमाथा इन्स्योरेन्से विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १६ लाख सहयोग गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको समेत जानकारी गराएको छ ।
यस महामारीको बेला सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग हुने कम्पनीको विश्वास छ ।