अहिलेसम्म कोरोना भाइरस ‘नपुगेका’ यी १८ देश

गत जनवरी १२ का दिनसम्म (करिब ३ महिना अघि) कोरोना भाइरस चीनमा मात्र सिमित थियो । चीन बाहिर एउटा पनि संक्रमित भेटिएका थिएनन् ।

 

जनवरी १३ मा यसले विश्वव्यापी रुपमै समस्या ल्याउने छाँट देखायो । थाइल्याण्डमा संक्रमित भेटियो, त्यसपछि जापान, दक्षिण कोरिया हुँदै अमेरिकासम्म पुगिहाल्यो ।

 

अहिले त यसले विश्वव्यापी रुपमै महामारीको रुप लिइसक्यो । दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो संकटको रुपमा यो महामारीलाई हेरिन थालिएको छ ।

 

अहिले ११ लाख भन्दा बढि कोरोना संक्रमित भइसकेका छन् विश्वभर । नेपाल देखि निकारागुवा सम्म यसको प्रभाव फैलिसकेको छ । नेपालमा अहिलेसम्म ६ जना संक्रमित भेटिएका छन् । तर, नेपालमा कोरोना संक्रमितको जाँचको आफ्नै सिमितता छन् ।

 

एउटा रोचक प्रश्न हुन सक्छ, ‘के विश्वम कुनै त्यस्ता देश छन् जसले आफुलाई कोरोना फ्री घोषणा गरेका छन् ?’

 

उत्तर हुन्छ, ‘छन्’

 

अहिले संयुक्त राष्ट्र संघमा १ सय ९३ वटा सदस्य राष्ट्र छन् ।

 

अप्रिल २ तारिखका दिनसम्म १८ वटा देशहरुले कोरोना संक्रमितको सुचना दिएका छैनन्, बीबीसी ट्यालीका अनुसार ।

 

अहिलेसम्म कोरोना नदेखिएको भनिएका १८ देशहरु कोमोरोस, किरिबटी, लिसोथो, मार्सल आइल्याण्ड, माइक्रोनेशिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, साओ टोम एण्ड प्रिन्सिपी, सोलोमन आइल्याण्ड, साउथ सुडान, ताजकिस्तान, टोङगा, तुर्कमिनिस्तान, तुभालु, भानुआटु र यमन हुन्।

 

केही बिज्ञहरु माथि उल्लेखित देशहरुमा पनि रिर्पोट नगरिएका संक्रमितहरु हुनसक्ने बताउँछन् । उदाहरणको लागि उत्तर कोरियामा शुन्य संक्रमण भनिएको छ । युद्धले शिथिल देश यमन पनि शुन्य मै छ ।

 

तर, केही देशहरुमा भाइरस अहिलेसम्म नपुगेको पनि हुनसक्छ । माथि उल्लेखित धेरै देशहरु साना टापु राष्ट्रहरु हुन् । राष्ट्र संघको तथ्यांक अनुसार ति देशहरु एकदमै कम भ्रमण गरिने देशहरु हुन् ।

एजेन्सी

नेपालमा थप ३ जनामा कोरोना भेट्टियो, संक्रमितको संख्या ९ पुग्यो Read Previous

नेपालमा थप ३ जनामा कोरोना भेट्टियो, संक्रमितको संख्या ९ पुग्यो

कोरोना रोकथामका लागि सगरमाथा इन्स्योरेन्सको १६ लाख सहयोग Read Next

कोरोना रोकथामका लागि सगरमाथा इन्स्योरेन्सको १६ लाख सहयोग