सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट

काठमाडौं । सानिमा बैंक  र दराज क्येमूबीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

 

दराज अनलाइनमा उल्लेख गरिएकोे र विगमार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गर्न छुट पाइने भएको हो।

 

सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५ सय सम्मको छुट पाइने बताइएको छ।

 

यसका साथै १५ सय भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले २६ गतेसम्म दराज वेब/एप्समार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ।

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध Read Previous

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

विदेशी नागरिक लैजान धमाधम चार्टर्ड उडान Read Next

विदेशी नागरिक लैजान धमाधम चार्टर्ड उडान