कोरोना कोषमा २२ वाणिज्य बैंकले गरे साढे २५ करोड सहयोग, कुनले कति (सूचीसहित)

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वाणिज्य बैंकहरुले पनि आफ्नोतर्फबाट सहयोग गरेका छन् ।

 

सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा २२ वाणिज्य बैंकले २५ करोड ४० लाख रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेका हुन् । बैंकहरुले आफूले दिने रकम केहीले जम्मा गरिसकेका छन् भने केहीले छिट्टै जम्मा गर्ने बताएका छन् ।

 

बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्को बेलामा सरकारलाई सहयोग गरेको बताएका छन् । केही बैंकले संघीय सरकारको कोषमा मात्र रकम जम्मा गर्ने भएका छन् भने केहीले संघीयसाथै प्रदेश सरकारका लागि पनि सहयोग रकम छुट्याएका छन् ।

 

हालसम्म सहयोग गर्ने बैंकहरुमा सबैभन्दा प्राइम कमर्शियल बैंकले १ करोड ७५ लाख सहयोग गरेको छ । यस्तै, नेपाल, राष्ट्रिय वाणिज्य, सानिमा, एनएमबी बैंकले पनि डेढ करोडभन्दा बढी सहयोग गरेका छन् ।

 

कोरोना भाइरसको संक्रमणबाट बैंकिङ क्षेत्र पनि प्रभावित भएको बताउँदै बैंकहरुले सरकारको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

हालसम्म सरकारले स्थापना गरेको कोषमा २ अर्बभन्दा बढी रकम जम्मा भइसकेको छ । कोषमा विभन्न कर्पोरेट हाउस, सामाजिक संघसस्था, व्यक्ति, बैंक तथा वित्तीय संस्था, सरकारी कर्मचारी लयागतले रकम जम्मा गरेका छन् ।

 

सहयोग रकम घोषणा गर्ने बैंकहरु र रकम :

स्रोत : सम्बन्धित बैंकहरुले जारी गरेको प्रेस विज्ञप्ति

आज काठमाडौंसहित देशभर ग्यास वितरण हुँदै, कुन कुन डिलरबाट पाइन्छ (डिलरको सूचीसहित) Read Previous

आज काठमाडौंसहित देशभर ग्यास वितरण हुँदै, कुन कुन डिलरबाट पाइन्छ (डिलरको सूचीसहित)

एनआईसी एशिया बैंकद्वारा मजदूरलाई खाद्यान्न सामग्री वितरण Read Next

एनआईसी एशिया बैंकद्वारा मजदूरलाई खाद्यान्न सामग्री वितरण