काठमाडौं । लकडाउनको बेलामा उपभोक्ताले व्यहोरिरहेको ग्यासको अभावलाई मध्येनजर गर्दै आज (शुक्रबार) विभिन्न ग्यास उद्योगहरुले देशैभर ग्यास वितरण गर्दैछन् ।
नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाहरुमा वितरण गरिने ग्यासको विवरण सबै उद्योगले निगममा पठाएका छन् ।शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्यासले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिण्डर ग्यास वितरण गर्दैछ ।
यस्तै, नेपाल ग्यास कम्पनीअन्तर्गतको नारायणीबाट ४ हजार एकसय ४१ सिलिण्डर ग्यास देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्यास पनि उपत्यकाका ६३ डिपोमार्फत् ६ हजार ४८० सिलिण्डर वितरण हुँदैछ ।
यस्तै, उपत्यकासहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत् २ हजार ५ हजार ७९ सिलिण्डर एचपी ग्यास पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ । साथै, उपभोक्ताहरुले एलपी ग्यास नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।
शुक्रबार ग्यास वितरण हुने डिपो र सम्पर्क नम्बरहरु :