काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड सहयोग गर्ने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् । नेपाल सरकाको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर सङ्घीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सङघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा १ करोड ६५ लाख रुपैयाँ तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५/५ लाखका दरले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।