काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा ८५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाखका दरले ३५ लाख गरी कुल ८५ लाख रुपैयाँ सहयोग गर्ने बैंकले जनाएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो रकम प्रदान गर्न लागेको हो । कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ ।