८० प्रतिशत कर्मचारी हटाउँदै ब्रिटिस एयरवेज

ब्रिटिस एयरवेजले आफ्ना ३६ हजार कर्मचारी हटाउने तयारी गरेको छ। योसँगै ब्रिटिस एयरवेजका ८० प्रतिशत कर्मचारीले आफ्नो रोजगार गुमाउनेछन्।

 

कोरोना भाइरसको महामारीका कारण आफ्ना अधिकांश जहाज ग्राउण्डेड भएपछि कर्मचारी हटाउने भएको वेलायती सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

 

कर्मचारी हटाउन एयरवेजले विगत १ सातादेखि युनाइट यूनियनसँग वार्ता गरिरहेको थियो। दुबै पक्ष वृहत सम्झौता गर्न सहमत भए पनि केही बुँदाहरूमा भने सहमत हुन बाँकी रहेको बताइएको छ।

 

यस निर्णयले ग्याटविक र लन्डन सिटी एयरपोर्टका सबै कर्मचारीहरूलाई असर पार्नेछ। एयरलाइन्सले कोरना भाइरसको महामारी नसकिदांसम्मका लागि यी दुई स्थानहरूको काम स्थगित गरिसकेको छ।

 

यसबाट प्रभावित हुने कर्मचारीले सरकारको कोरोना भाइरस राहत योजनाबाट आफ्नो तलबको केही रकम पाउनेछन्। उनीहरूले यस योजना अन्तरगत मासिक २५ सय पाउण्डसम्म पाउनेछन्।उता युनाइट युनियनले भने कर्मचारी अझ बढी रकम दिन जोड गरिरहेको छ।

 

यसैगरी ब्रिटिस एयरवेज आफ्ना पाइलटहरूसँग बेग्लै सम्झौतामा पुगेको छ। पाइलटहरू आफूले पाउँदै आएको तलब भन्दा ५० प्रतिशत कम तलब लिन सहमत भएका छन्।

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्स राष्ट्रपतिको आदेश Read Previous

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्स राष्ट्रपतिको आदेश

पैसाको हिसाबकिताब गरेर जनता मरे मरुन् भन्न त भएन नि : उपप्रधानमन्त्री पोखरेलको अन्तर्वार्ता Read Next

पैसाको हिसाबकिताब गरेर जनता मरे मरुन् भन्न त भएन नि : उपप्रधानमन्त्री पोखरेलको अन्तर्वार्ता