फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्तेतेले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लुजन प्रान्तमा जारी गरिएको १ महिना लामो लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन्।
उनले बुधबार टेलिभिजनमा सम्बोधन गर्दै लकडाउन उल्लंघन गरेर समस्या सृजना गर्ने जोकोहीलाई गोली हान्न प्रहरी र सेनालाई निर्देशन दिइएको बताएका हुन्।
उनले भने, ‘स्वास्थ्य कार्यकर्ता र डाक्टरलाई क्षति नपु¥याऊ, किनभने यो गम्भीर अपराध हो, यदि कसैले समस्या सिर्जना गर्छ भने गोली हानेर मार्न सेना र प्रहरीलाई म आदेश दिन्छु।’उनले सरकारलाई कम नआँक्न र चुनौती नदिन पनि चेतावनी दिए ।
मनिलाको क्युजेन सहरका सुकुम्बासीले राहतको माग गर्दै राजमार्गमै प्रदर्शन गरेपछि डुर्तेतेको यस्तो चेतावनी आएको हो।
-एजेन्सी