काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ ।
नगदरहित समाज निर्माणका लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरूलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउन यो अफर सार्वजनिक गरेको जनाएको छ ।
अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथी भाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिने जनाइएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको बताए ।