पेट्रोलियम पदार्थको मूल्य एकै पटक १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँले घटाएको हो।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको‍ कमीका कारण इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको निगमले जनाएको छ ।

 

घटेको मूल्य आज बुधबार राती १२ बजेबाट लागू हुने छ। निगम संचालक समितिको आज बसेको बैंठकले मूल्य घटाउने निर्णय गरेको हो । निर्णय अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको हो ।

 

काठमाडौंको लागि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९६ र डिजेल र मट्टितेलको खुद्रा बिकी मूल्य ८५ प्रतिलिटर कायम गरेको छ । हवाई ईन्धन (आन्तरिक उडान तर्फ) मा प्रतिलिटर १५ रुपैयाँ घटाइएको छ ।

 

यस्तो हुने छ नयाँ मूल्य

अरूलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँ बोनस पाइने Read Previous

अरूलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँ बोनस पाइने

निगमले बेच्यो घुम्ती सेवामार्फत २ दिनमा २६० सिलिण्डर ग्यास Read Next

निगमले बेच्यो घुम्ती सेवामार्फत २ दिनमा २६० सिलिण्डर ग्यास