मिस एसिया प्यासिफिक इन्टरनेशनलको मुख्य–प्रयोजकमा किङ्गफिसर

८० भन्दा ज्यादा देशहरुमा अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित  ब्रान्ड किङ्गफिसरले देशको प्रतिनिधित्व गर्ने दोस्रो मिस एसिया प्यासिफिक इन्टरनेशनल  नेपाल २०१९ को लागि मुख्य–प्रायोजन गरेको छ ।

 

प्रतिभा छनौटका ५१ औं संस्करणका रुपमा आयोजित मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपाली प्रतिभाहरुका सहभागिता हुनेछ । यस कार्यक्रममा किङ्गफिसर मुख्य–प्रयोजकका रुपमा रहने छ भन एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आइइसि स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रुपमा रहने छ ।

 

 

यस कार्यक्रमको आयोजना ग्रुप अफ इभेन्ट इन्टरटेनर्स प्रालिले गर्नेछ र यसमा किङ्गफिसरको ब्राण्ड भ्याल्यु प्रस्तुत हुने विश्वास लिइएको छ । किङ्गफिसरल निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई संगित, फैशन, खाना र खेलकुदसँग जोडिएर रोमाञ्चक तरिकाहरूमा संलग्न हुन उत्प्रेरित गर्दै आएका छ ।

 

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालमा यो दोस्रो वर्ष आयोजना भइरहेका छ । यो वर्ष अडिसनको लागि देशव्यापी रुपमा किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल  जानेछ र प्रतियोगीहरु मध्य अन्तिम चरणमा पुगेका सहभागीहरुलाई काठमाडौं ल्याइ सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरुद्वारा एक हप्ताको प्रशिक्षण समेत प्रदान गरिने छ र फाइनल प्रतियोगितामा सहभागी गराइने छ ।

 

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ मा विजेता हुनेले २५ सेप्टेम्बरदेखि १० अक्टोवर सम्म फिलिपिन्सकाे मनिलामा सञ्चालन हुने ५१औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने छ । त्यसै गरी फस्ट रनरअपले मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ मा सहभागी हुन पाउने छ । त्यसै गरी सेकेन्ड रनरअपले दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालका तर्फबाट सहभागीता जनाउन पाउने छ ।

साझा यातायातको रात्री सेवा सुरु, यात्रुलाई नै थाहा छैन Read Previous

साझा यातायातको रात्री सेवा सुरु, यात्रुलाई नै थाहा छैन

कमरेडको क्रान्ति र बैंक मर्जर Read Next

कमरेडको क्रान्ति र बैंक मर्जर