राजा-महाराजा र भाइ-भारदारको रजगज थियो । अध्यक्ष कमरेड पाटनमा बस्नुहुन्थ्यो । पढ्नुहुन्थ्यो । लेख्नुहुन्थ्यो । र, क्रान्ति कसरी गर्ने भनेर घोत्लिनुहुन्थ्यो ।
त्यतीबेलाका कमरेडका घरबेटीले सार्वजनिक रुपमै भनेका छन्, कुनै पत्रिकाले लिएको अन्तर्वार्तामा, ‘उहाँको परिवारले त्यो बेला बिहान ‘रायोको झोल र भात’ अनि बेलुकी ‘भात र रायोको झोल’ बाहेक अर्थोक खाएको देखिन’ ।
२०४६ सालमा राजनीतिक परर्वतन भयो । भाइ-भारदार मोफसलमा धकेलिए । कांग्रेस र एमालेले राज्यसत्ताको रस चुसे । राजा-महाराजाले पनि केही हदसम्म आफ्नो हैसियतलाई ‘बरकरार’ राखे ।
अध्यक्ष कमरेडलाई यो सह्य भएन । उहाँ ‘सामन्ती र पुँजीपतिहरुलाई’ जरैबाट उखेल्न चाहनुहुन्थ्यो । तत्कालिन राज्यसत्तालाई जबरजस्त धक्का दिन चाहनुहुन्थ्यो । त्यसैका लागि उहाँले रक्तरञ्जित क्रान्तिको शुरुवात गर्नुभयो र १० बर्ष नेतृत्व गर्नुभयो । अनी त्यसको ‘सफल’ अवतरण गराउनुभयो ।
त्यत्रो रक्तपातले नेपाली जनतालाई के दियो ? उनीहरुको जिवनस्तरमा के परिर्वतन आयो ? यस्ता प्रश्नहरु छन्, नेपालीहरुको मनमा ।
‘नेपालकै ऐतिहासिक आवश्यकताको आधारमा भएको आन्दोलन, जनताले चाहेको क्रान्ति र इमान्दार र नैतिकवान नेतृत्वले हाँकेको आन्दोलन भएको भए पो जनताको जिवनस्तर परिर्वतन मुख्य मुद्दा बन्थ्यो । बाह्य शक्तिको इसारामा भएको आन्दोलनको हविगत यस्तै त हुन्छ नी’ बिश्लेषक भरत दाहाल र मुमाराम खनालहरु भन्छन् ।
नयाँ बैंकहरु खुले, सेवा राम्रो दिन थाले, ब्यवसाय बिस्तार गरे । ‘सम्भ्रान्त’ चार्टडले ब्यवसाय बिस्तार गर्ने चासो देखाएन ।
बिहान भारतीय प्रधानमन्त्रीको कार्यालयमा गएर भारत बिरुद्ध कुनै क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गर्ने र बेलुकी नेपाल आएर भारत बिरुद्ध सुरुङ युद्ध छेड्ने निर्णय गरेको तथ्य हेर्ने हो भने बिश्लेषकद्धयको बिश्लेषण अन्यथा होइन कि भन्ने पनि लाग्छ ।
तर, क्रान्ति जस्तो भए पनि केन्द्रमा भएका केही मानिसहरु मोफसलमा धकेलिने र मोफसलमा भएका एक हुल मानिसहरु केन्द्रमा आइपुग्ने क्रान्तिको आधारभुत चरित्र हुने रहेछ ।
रायोको साग र भातको खान्की खाने कमरेडका लाखौं पर्ने खाट र घडीका चर्चा हुन थाले सहरमा, क्रान्ति पछि । इमान र नैतिकताको बाटो बिर्सिएर गलत बाटो पक्रिएका ‘कुमार्गी’हरुले अध्यक्षको सम्पत्तिको ब्यवस्थापन गर्छन् भनिन्छ । कमरेडसँग अर्बौंको सम्पत्ति छ भन्ने गाईगुईं सुनिन्छ । यद्यपी पुष्टि भने भएको छैन ।
नानीले ‘जसरी’ भएपनि चुनाव जितिन् । ठूलो रङशाला बनाउँदैछिन् । उनले ‘माया’ले जनताको सेवा गर्ने अवसर पाएकी छिन् । सबै भरिला छन् । राम्रै छ ।
उता, राजा-महाराजाका छोरा-नाती भने टाक्सिदैं गएका छन् ।
क्रान्तिको खेला !
वित्तिय क्षेत्रको क्रान्ति
स्ट्यान्डर्ड चार्टड बैंक ‘सम्भ्रान्त’ बैंक थियो । सर्वसाधारण जानै डराउने । ५० हजार घटी खातै नखोल्ने । ऋण लिने कुरा त सोच्नै नसकिने । कर्मचारीहरु पनि चिल्ला र भरिला । अङग्रेजी बोल्ने ।
राष्ट्र बैंकले लाइसेन्स बाँढ्यो । वित्तिय क्षेत्र सुधार कार्यक्रमहरु अगाडि सार्यो । वित्तिय क्षेत्रमा सानोतिनो क्रान्ति नै भयो ।
नयाँ बैंकहरु खुले, सेवा राम्रो दिन थाले, ब्यवसाय बिस्तार गरे । ‘सम्भ्रान्त’ चार्टडले ब्यवसाय बिस्तार गर्ने चासो देखाएन ।
नबिल, इन्भेष्टमेन्ट र एभरेष्ट जस्ता ‘सर्वसाधारण’का बैंकले चार्टडलाई जिते, वासलातका दृष्टिकोणले । अरु भरिला हुँदै गए । बरा चार्टड टाक्सिदैं गयो । केही सीप नलागेपछि उसले पनि बचतको ब्याज बढाउने र ब्यवसाय बिस्तार गर्ने नीति अघि सार्यो, केही महिना अघि ।
एउटा अर्को वित्तिय क्रान्ति
गर्भनर चिरञ्जीवी नेपाल जसरी भए पनि बाणिज्य बैंकहरु मर्ज गराउन कस्सिएका छन् । केन्द्रिय बैंक नै अर्थ मन्त्रालयको समर्थनमा अघि बढेपछि यो क्षेत्रमा फेरी एकपटक क्रान्ति हुने भएको छ ।
दुवै बैंककाे सहमति अनुसार १००ः८५ को ‘स्वाप रेसियो’मा मर्ज भएमा अब बन्ने नयाँ ग्लोबल आईएमई बैंकको पुँजी नेपाली बैंकहरु मध्य सबैभन्दा धेरै १७ अर्ब ११ करोड रुपैंयाँ हुनेछ ।
गर्भनरको कडा निर्देशन पछि साना र मझौला बैंकहरु मर्जर पार्टनरको खोजिमा भौतारिन थालेका थिए । तर, सर्वसाधारणबाट सम्भ्रान्त भैसकेका वा आफुलाई विशिष्ट ठान्ने नबिल, इन्भेष्टमेन्ट, एनआइसी एसिया जस्ता केही बैंकहरु गमक्क परेर बसेका थिए ।
त्यत्तिकैमा ग्लोबल आइएमई बैंक र जनता बैंकले एक आपसमा मर्जहुने सहमति गरे ।
बाणिज्य बैंकहरु पहिले पनि मर्ज भएका थिए । तर, यो बिशिष्ट खाले मर्जर हुन पुग्यो ।
यहाँ दुवै बैंकको पुँजी राष्ट्र बैंकले तोकेको सिमा (८ अर्ब) भन्दा बढी छ । जनता बैंकको हालको चुक्ता पुँजी ८ अर्ब तथा ग्लोबलको १० अर्ब ३१ करोड रुपैंयाँ रहेको छ । दुवै बैंककाे सहमति अनुसार १००ः८५ को ‘स्वाप रेसियो’मा मर्ज भएमा अब बन्ने नयाँ ग्लोबल आईएमई बैंकको पुँजी नेपाली बैंकहरु मध्य सबैभन्दा धेरै १७ अर्ब ११ करोड रुपैंयाँ हुनेछ ।
नयाँ बन्ने बैंकको जगेडा कोषमा ८ अर्ब रुपैंयाँ भन्दा बढी हुनेछ । हाल जनताको जगेडा कोषमा २ अर्ब ३७ करोड तथा ग्लोबलको जगेडा कोषमा ५ अर्ब १२ करोड रुपैंयाँ रहेको छ । मर्ज पश्चात् स्वापबाट बचेको १ अर्ब २० करोड रुपैंयाँ सेयर प्रिमियिम समेत जोड्दा बैंकको जगेडा कोषमा ८ अर्ब ७० करोड रुपैंयाँ जम्मा हुनेछ, जसले गर्दा बैंकको ‘कोर क्यापिटल’ २५ अर्ब ८१ करोड रुपैंयाँ हुनेछ । यसको मतलब अब बन्ने बैंकलाई व्यापार विस्तार गर्नका लागि ‘क्यापिटल एड्युकेसी’ अनुपातलाई राष्ट्र बैंकले तोके बमोजिमको सन्तुलन मिलाउन समस्या पर्ने छैन ।
दुवै बैंकको तेस्रो त्रैमासको वित्तिय बिवरणका अनुसार मर्ज पश्चात् बैंकको निक्षेप संकलन १ खर्ब ८७ अर्ब र कर्जा परिचालन १ खर्ब ६७ अर्ब रुपैंयाँको हुनेछ । तेस्रो त्रैमास पछिको ३ महिनामा पनि बैंकहरुले निक्षेप संकलन र कर्जा परिचालनको सन्दर्भमा ब्यवसाय बिस्तार पक्कै पनि गरेकै होलान् ।
नयाँ बन्ने बैंक पुँजीका आधारमा, निक्षेपका आधारमा, लगानीका आधारमा र शाखा संजालका आधारमा थप कुनै मिहिनेत नगरि नेपालको सबैभन्दा ठूलो बैंक हुने देखिन्छ ।
तेस्रो त्रैमाससम्म दुवै बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैंयाँ भन्दा बढि रहेको छ । यो चौथो त्रैमासको वित्तिय बिवरण आइपूग्दा ८ अर्ब माथि पुग्ने सहजैे अनुमान गर्न सकिन्छ । यसको मतलब नयाँ बन्ने बैंकको खुद नाफा ५ अर्ब नाघ्ने संभावना छ । र, बैंकको प्रति सेयर आम्दानी ३० रुपैंयाँ प्रति सेयर हाराहारी हुनेछ ।
नयाँ बन्ने बैंक पुँजीका आधारमा, निक्षेपका आधारमा, लगानीका आधारमा र शाखा संजालका आधारमा थप कुनै मिहिनेत नगरि नेपालको सबैभन्दा ठूलो बैंक हुने देखिन्छ । ब्यवसाय बिस्तारका लागि यो बैंकको ५ सय हाराहारी (शाखा कार्यालय, एक्टेन्सन काउन्टर, शाखा रहित बैकिङ्ग) कार्यालयहरु हुनेछन् ।
अब यसको प्रभाव नेपाली प्रमुख तीन बैकहरुसँग तुलना गरि हेराैँ ।
यो बैंकले पछिल्लो दुई बर्षमा निकै आक्रामक ढंगले ब्यवसाय बिस्तार गरिरहेको एनआईसी एसिया बैंकले ‘पोर्टफोलियो’ (निक्षेप र कर्जाको) र संजाललाई सजिलै पछाडि पारको छ ।
त्यस्तै नेपालका ‘नव-सम्भ्रान्त’ र ठूला बैंकहरु नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि नयाँ बन्ने बैंकले वासलातकाे आकारमा समेत सजिलै उछिन्ने छ । ब्यवसायको आकारको हिसाबले ५ औं स्थानमा रहेको ग्लोबल र २० औं स्थानमा रहेको जनताले ‘टप पोजिसन’ ओगटेका बैंकहरुलाई जर्बजस्त टक्कर दिने भएको छ ।
कुनै पनि क्रान्ति सिधा धर्कामा चल्दैन । त्यसले आफ्नै तरङगहरु ल्याउँछ । बैंकहरु ठूलो बन्ने होडमा आफैं प्रतिस्पर्धामा जान सक्ने अवस्था पनि देखिन थालेको छ ।
अब बन्ने बैंकको ‘बेस रेट’ दुई बैंक छुट्टाछुट्टै रहेको अवस्थामा भन्दा पक्कै पनि कम हुनेछ । यसले बैंकको क्षमता र ब्यवसाय बिस्तार गर्न सक्ने संभावनालाई थप चुस्त बनाउँछ । ठूलो पुँजी, जगेडा कोष र निक्षेपको आकारको कारणले ठूला परियोजनाहरुमा एक्लै लगानी गर्न सक्नेछ ।
कर्मचारी ब्यवस्थापन र भौतिक सम्पतिकाे ब्यवस्थापनका जटिलताहरु पक्कै पनि आइपर्लान् । तर, १० वटा संस्था आफुमा गाभिसकेको ग्लोबल आइएमई बैंकलाई यसको राम्रो अनुभव छ ।
क्रान्तिले ल्याएको हलचल
माथी नै भनियो, अहिलेका केही बैंकहरुले गर्भनरको निर्देशनलाई खासै वास्ता गरेका थिएनन् । तर, अचानक ग्लोबल आइएमईले दिएको ‘धक्का’ पछि पहिलो वा दोस्रो स्थान ओगटेर बसेका ठूला बैंकहरु माथी दवाव परेको छ । उनीहरु पनि मर्जरमा जाने प्रतिबद्धता ब्यक्त गर्न बाध्य भएका छन् ।
कुनै पनि क्रान्ति सिधा धर्कामा चल्दैन । त्यसले आफ्नै तरङगहरु ल्याउँछ । बैंकहरु ठूलो बन्ने होडमा आफैं प्रतिस्पर्धामा जान सक्ने अवस्था पनि देखिन थालेको छ । राष्ट्र बैंक र सरकारले केही सहुलियत दिए यो गति थप तिब्र बन्ने देखिन्छ ।
अन्तमा, कमरेड को क्रान्तिबाट के शिक्षा लिने ?
क्रान्तिले ब्यक्ति वा संस्थाको हैसियत र ‘पोजिसन’ मा उथलपुथल ल्याउँछ । तर, सामान्यजनको जीवनमा क्रान्तिको सकारात्मक प्रभाव छाड्न क्रान्ति स्वतस्फुर्त हुनुपर्छ, धरातलिय यथार्थमा टेकिएको हुनुपर्छ र कमाण्डरहरु इमान्दार हुनुपर्छ भन्निछ । बिश्लेषकद्धय दाहाल र खनालले कमरेडको क्रान्ति सर्वसाधारणको उपलब्धिको हिसाबले भुत्ते हुनुमा क्रान्ति बाहिरबाट सञ्चालन हुनु र नेतृत्वको खराब नियतलाई नै प्रमुख कारण मान्छन् ।
त्यसैले केन्द्रिय बैंकले वित्तिय क्षेत्रमा गर्न लागेको क्रान्ति पनि स्वतस्फुर्त र धरातलिय यथार्थमा आधारित हुनुपर्छ । बैंकहरु स्वतस्फुर्त मर्जरमा जाउन् । उनीहरुलाई प्रोत्साहन गरियोस् । र, केन्द्रिय बैंकले मर्जरको धरातलिय यथार्थ स्थापित गर्न थप अध्ययन गरोस् ।
नत्र, सिमित मानिसहरु भरिला हुने र सर्वसाधारण टाक्सिदैं जाने नेपाली क्रान्तिको नियती नै हो ।