सेयर कारोबार थप एक साता बन्द हुने

काठमाडौं । सरकारले लकडाउनको अवधि थप एक साता लम्ब्याएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि थप एक साताका लागि सेयर बजार बन्द राख्ने निर्णय गरेको छ ।

 

नेपाल धितोपत्र धितोपत्र बोर्डले विषम परिस्थितीमा विद्यमान कानूनको परिधिमा रहेर उचित निर्णय लिन नेप्सेलाई पत्राचार गरेसँगै नेप्सेले बजार अझै एक साताका लागि नखुलाउने निर्णय गरेको हो ।

 

धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार कारोबार स्थगनको गरिएको नेप्सेले जनाएको छ ।

 

नेप्सेले यसअघि चैत १० गतेदेखि आज (आइतबार)सम्मका लागि सेयर कारोबार स्थगित गरेको थियो ।

महङ्गा गाडी, मदिरालगायत वस्तु आयातमा रोक, विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन भने सहज Read Previous

महङ्गा गाडी, मदिरालगायत वस्तु आयातमा रोक, विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन भने सहज

विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने Read Next

विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने