विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो ।

 

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।

 

‘झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ ।’

 

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ ।

 

अब स्वास्थ्य स्वयम्सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।रासस

सेयर कारोबार थप एक साता बन्द हुने Read Previous

सेयर कारोबार थप एक साता बन्द हुने

कोरोनाको डढेलोमा पिल्सिएको इटली : ज्यानै धरापमा पारेर काम गर्दा पनि अझै हतास छैनन् स्वास्थ्यकर्मी Read Next

कोरोनाको डढेलोमा पिल्सिएको इटली : ज्यानै धरापमा पारेर काम गर्दा पनि अझै हतास छैनन् स्वास्थ्यकर्मी