काठमाडौं। सरकारले अत्यावश्यक वस्तुको आयात खुकुलो बनाउँदै अन्य वस्तुको आयातमा भने प्रतिबन्ध लगाएको छ । यसै सन्दर्भमा सरकारले ५० हजार डलर माथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ । यसैगरी सुन आयातको कोटा पनि घटाइएको छ । दैनिक २० किलो आयात गर्न पाइनेमा अब १० किलोमा झारिएको छ ।
अत्यावश्यक आयातमा खुकुलो नीति लिँदा बैदेशिक मुद्रा मौज्दातमा दबाब पर्ने भएकाले सरकारले यस्तो व्यवस्था गरेको हो ।
उता विदेशमा रहेका बिद्यार्थीलाई पैसा पठाउन भने सहज बनाइएको छ । यसका लागि ‘नो अब्जेक्सन लेटर’ नचाहिने व्यवस्था सरकारले गरेको छ । हाल बिभिन्न देशमा रहेको हजारौं बिद्यार्थीहरु रोजगारी गुमेका कारण अलपत्र अवस्थामा रहेका छन् ।
सरकारले मदीरा आयातमा पनि रोक लगाएको छ । साथै, छोकडा, ल्वाङ, सुकुमेलजस्ता वस्तुको आयातमा पनि रोक लगाएको छ ।