काठमाडौं । सरकारले रोरोना भाइसरको संक्रमण फैलन नदिन लकडाउनको अवधि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैंठकले अर्को एकहप्ता समयावधी बढाउने निर्णय गरेको हो ।
आज आइतवार नै बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउन बढाउनु पर्ने निष्कर्षसहित मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।
यसअघि सरकारले चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्मको लागि लकडाउन गरेको थियो । अब एकहप्ताको समयावधी थप भएसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने छ ।