मनकारी ज्याक मा : नेपाललाई दिए साढे ३ करोडको मास्क र कोरोना जाँच्ने किट

काठमाडौं । अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि नेपाललाई करिब साढे ३ करोड बराबराको स्वास्थ्य सामग्री दिएका छन् ।

 

ज्याकले नेपाललाई १ करोड ८४ लाख बराबरको मास्क र १ करोड ५५ दाख बराबरको कोरोनाको परीक्षण गर्ने किट गरी कुल ३ करोड ३९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिएका हुन् ।

 

ज्याकले नेपाललाई १ लाख थान भन्दा बढी एन-९५ मास्क दिएका छन् । उनले दिएका मास्कको मूल्य १ करोड ८३ लाख ८४ हजार रुपैयाँ (१० लाख ८४ हजार १६४ चिनियाँ युआन ) रहेको छ।

 

यी मास्क आइतबार काठमाडौं आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

 

यस्तै ज्याक माले कोरोना परीक्षण गर्ने २० हजार ६४ वटा किट नेपाललाई दिएका छन् । ती किटको मूल्य १ करोड ५५ लाख १० हजार रुपैयाँ (९ लाख १४ हजार ६९१ युआन) पर्छ।

 

उनले दिने भनेका अन्य स्वास्थ्य सामग्री पनि क्रमशः नेपाल आउने बताइएको छ ।

मजदूर र विपन्नलाई राहत दिन तथ्यांक संकलनमा जुट्दै स्थानीय तह Read Previous

मजदूर र विपन्नलाई राहत दिन तथ्यांक संकलनमा जुट्दै स्थानीय तह

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ Read Next

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’