बीमा शुल्क संकलन चैत मसान्तसम्म स्थगन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूलाई बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ। योसँग अब बीमितले चैत मसान्तसम्म बीमा शुल्क बुझाउनु नपर्ने भएको छ ।

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत १८ गते सम्म लकडाउन घोषणा गरेपछि संसमितिले बिहीबार निर्देशन जारी गर्दै बीमा कम्पनीहरूलाई परिस्थिति सामान्य भएपछि विनाब्याज सो शुल्क संकलनको व्यवस्था गर्न निर्देशन दिएको हो।

 

कोरोनाको प्रभावले लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै समितिले यस्तो निर्देशन दिएको हो। साथै बीमा अवधि समाप्त भएको बीमा लेखकको हकमा सम्वन्धित बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण हुने व्यवस्था गर्न समितिले भनेको छ।

 

अभिकर्ता इजाजतपत्र नवीकरण गर्नका लागि बीमकमार्फत समितिको नविल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ।

 

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकीन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टाइनमा, सबैलाई कम्तीमा १४ दिन राखिने Read Previous

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टाइनमा, सबैलाई कम्तीमा १४ दिन राखिने

अब लकडाउनको बेलामा पनि लाइभ नाटक हेर्न पाइने Read Next

अब लकडाउनको बेलामा पनि लाइभ नाटक हेर्न पाइने