अब लकडाउनको बेलामा पनि लाइभ नाटक हेर्न पाइने

काठमाडौं । थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले चैत १४ (विश्व रङ्गमञ्च दिवसका अवसरमा) भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव-२०७६’ गर्ने भएको छ ।

 

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि भिडियोमार्फत महोत्सवको आयोजना गर्न लागेको थिएटर मल–कीर्तिपुर महोत्सवका निर्देशक केदार श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

विपद्का बेलामा वास्तविक नाटकमार्फत आनन्द, अनुभूति दिन नसके पनि भिडियोमार्फत गर्ने तयारी गरेको छ । विज्ञप्तिमा आफ्ना नाटकको भिडियोसहित महोत्सवका लागि प्रत्येक दिन साँझ ५ बजे सहभागी हुन सबै रङ्गकर्मीलाई आग्रह गरिएको छ ।

 

हरेक दिन फरक फरक एक नाटकको प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त महोत्सव थिएटर मलको फेसबुक पेज Theatre Mall Kirtipur Rangamanch | www.fb.com/theatremlla

बाट प्रत्यक्ष हेर्न सकिन्छ ।

बीमा शुल्क संकलन चैत मसान्तसम्म स्थगन Read Previous

बीमा शुल्क संकलन चैत मसान्तसम्म स्थगन

लकडाउनपछि तरकारीको मूल्य ह्वात्तै बढ्यो Read Next

लकडाउनपछि तरकारीको मूल्य ह्वात्तै बढ्यो