कोरियाबाट ३ घण्टामै कोरोना पत्ता लगाउने २ हजार किट्स ल्याइँदै

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ ।योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि २ हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।

 

सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ । प्रति किट्स २० हजार कोरियाली वन (२ हजार) पर्ने भएकाले २ हजार किट्स लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन् ।

 

उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि ३ घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

 

बिहीबार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए ।

 

दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् ।

सधैं झुट मात्र बोल्ने ट्रम्प, जसले बोल्छन् सातामै ५६ झुट ! Read Previous

सधैं झुट मात्र बोल्ने ट्रम्प, जसले बोल्छन् सातामै ५६ झुट !

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टाइनमा, सबैलाई कम्तीमा १४ दिन राखिने Read Next

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टाइनमा, सबैलाई कम्तीमा १४ दिन राखिने