सधैं झुट मात्र बोल्ने ट्रम्प, जसले बोल्छन् सातामै ५६ झुट !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बारम्बार झुट र गलत अभिव्यक्ति दिँदैआएको पुष्टि भएको छ। ३३ वटा झुट त उनले कोरोना महामारीबारे मात्रै बोलेको तथ्य सार्वजनिक भएको छ।

 

यही मार्चदेखि डोनल्डले कोरोना भाइरस महामारीलाई लिएर सार्वजनिक रुपमा उनले ३३ वटा झुट बोलेको तथ्य सार्वजनिक भएको हो। यस क्रममा उनले तथ्य बंग्याउने, गलत आरोप लगाउने जस्ता अभिव्यक्ति मार्फत् उनले झुट बोलेका हुन्।

 

ट्रम्पले मार्च २ देखि मार्च ८ सम्म ५० झुट दाबी गरे। यस्तै मार्च ९ देखि मार्च १५ सम्म २१ झुट बोले। ती ७१ झुटमध्ये ३३ झुट कोरोना भाइरससँग सम्बन्धित थिए।

 

सीएनएनका लागि डानियल डेल र तारा सब्रमन्यमले तयार पारेको रिपोर्टले यस्तो तथ्य सार्वजनिक गरेको हो। जहाँ ट्रम्पले २०१९ को जुलाइ ८ देखि हरेक साता ५७ झुट बोल्ने गरेको खुलासा गरिएको छ। त्यसबेलादेखि उनले मार्च १५ सम्म मात्रै २ हजार ६२ वटा झुट बोलिसकेका छन्।

-सीएनएन

अत्यावश्यक वस्तु उत्पादनमा अन्योलता, यस्तो छ उद्योगीको भनाइ Read Previous

अत्यावश्यक वस्तु उत्पादनमा अन्योलता, यस्तो छ उद्योगीको भनाइ

कोरियाबाट ३ घण्टामै कोरोना पत्ता लगाउने २ हजार किट्स ल्याइँदै Read Next

कोरियाबाट ३ घण्टामै कोरोना पत्ता लगाउने २ हजार किट्स ल्याइँदै