काठमाडौं । नेपाल टेलिकम र एनसेलले रिचार्ज गर्दा बोनस दिन सुरु गरेका छन् ।
नेपाल टेलिकमले यो सेवा आफ्नो जिएसएम र सिडिएमए अन्तर्गतका सबै प्रकारका फोनमा उपलब्ध हुने छ । यसरी पाइने सतप्रतिशत बोनस व्यालेन्सले नेपाल टेलिकमका सबै फोनमा कल गर्न, एसएमएस पठाउन र डाटासम्म किन्न सकिने जनाएको छ ।
यसरी प्राप्त बोनस रकम भने ६ दिनभित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । तर १०० रुपैयाँ भन्दा कमको रिचार्जमा पाइने बोनस भने दुई दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । साथै १०० देखि ५०० सम्मको रिचार्ज ४ दिनभित्र र ५०० देखि १००० सम्मको बोनस ६ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । एक हजार भन्दा बढीको रिचार्जमा पाइने बोनस १० दिन भित्र प्रयोग गर्नु पर्ने नेपाल टेलिकमले जनाएको छ ।
एनसेलले भने ५० प्रतिशतसम्म बोनस प्रदान गर्ने जनाएको छ । कम्पनीले दिने जनाएको छ । ५० रुपैयाँदेखि १००० सम्मको रिचार्जमा कम्पनीले ५० प्रतिशत बोनस दिने जनौको छ । उक्त बोनस रकमले एनसेल नेटवर्कमा कल गर्न एसएमएस गर्न र डाटा चलाउन सकिने छ ।