हरेक स्थानीय तहमा कम्तीमा एउटा शाखाबाट सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहलाई लक डाउनको अवधिभर प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा शाखा खोलेर सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

 

राष्ट्र बैंकले बुधबार विभिन ९ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरू सबै प्रदेशको स्थानीय तहसँग समन्वयन गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतम शाखा खोलेर न्यून कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा नरोक्ने तथा ग्राहकलाई बैंकिङ सेवाको अन्योल नरहने गरी व्यवस्थापन गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्ने सूचित गर्ने, एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्नुको साथै त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन राख्न निर्देशन दिएको छ ।

 

सबै प्रदेशको स्थानीय तहसँग समन्वयन गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतम शाखा खोलेर न्यून कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

 

यस्तै, राष्ट्र बैंकले बैंकहरूले लकडाउनमा खोल्ने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर बैंकको वेबसाइड र बन्द रहने शाखाको मूल ढोकामा खुला रहने शाखाको विवरण सर्वसाधारणले देख्नेगरी राख्नुपर्ने, शाखा कार्यालयको मूल ढोकामा उक्त शाखाबाट प्रदान हुने सेवा अथवा शाखा बन्द छ भने ग्राहकले सेवा पाउने शाखाको सूचना दिन सम्पर्क व्यक्ति तोकेर सम्पर्क नम्बरसहितको विवरण शाखाको मूल ढोका र सूचना पार्टीमा राख्न निर्देशन दिएको छ ।

 

यस्तै, निक्षेप स्वीकार गर्ने लघुवित्तहरूले स्थानीय प्रशासनसँग समन्वयन गरी सम्भव भएसम्म कारोबार सञ्चालन गर्न तथा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङहरू कोरोनाको प्रभावबाट परिरिस्थिति सामान्य भएर कार्यालय नियमित खुलेको सात दिनभित्र गर्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

यस्तै, भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको व्यवस्था मिलाउन, अत्यावश्यक वस्तुको आपूर्तिलाई सुनिश्चिता प्रदान गर्न ड्राफ्ट, टी–टी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकले बैंक तथा लघुवित्तीय संस्थालाई निर्देशन दिएको छ ।

 

कोरोना संक्रमित बाहिर निस्किए ५ वर्ष जेल Read Previous

कोरोना संक्रमित बाहिर निस्किए ५ वर्ष जेल

क्वारेन्टाइन निर्माण गर्न मन्त्री भट्टराईको दौडधुप, १ लाख ५० हजार बेड तयार गरिने Read Next

क्वारेन्टाइन निर्माण गर्न मन्त्री भट्टराईको दौडधुप, १ लाख ५० हजार बेड तयार गरिने