कोरोना संक्रमित बाहिर निस्किए ५ वर्ष जेल

युरोपको कोरोना इपिसेन्टरको रुपमा रहेको इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ नियम र उल्लंघन गर्नेलाई सजायको प्रावधान गरिएको छ । इटालीमा कोरोना संक्रमणको दर निकै तीव्र रुपले वृद्धि भइरहेको छ ।

 

कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको नियम उल्लंघन गरेमा जेल सजाय गरिने बताइएको छ । इटाली सरकारले मंगलबार राति यस्ता नयाँ नियम लागू गरेको हो ।

 

-कोरोना भाइरस देखिएका व्यक्ति घरबाहिर निस्किए एकदेखि पाँच वर्षसम्मको जेल सजाय तोकिएको छ ।

 

-क्‍वारेन्टाइनको नियम उल्लंघन गरे ४३० अमेरिकी डलरदेखि तीन हजार २४५ अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।

 

– भाइरसको संक्रमण फैलिन नियन्त्रण गर्न बनाइएको नियम उल्लंघन गरेर व्यवसाय सञ्‍चान गरेमा पाँचदेखि ३० दिनसम्म बन्द गर्न सकिन्छ ।

 

-यो नियम जुलाई ३१ सम्म हरेक महिना परिवर्तन गर्न सकिने, थप कडा नियम ल्याउन सकिनेछ ।

 

इटालीमा हालसम्म ७ हजार कोरोना संक्रमितको मृत्यु भएको छ भने करिब ७० हजार कोरोना संक्रमित देखिएका छन् ।

-सीएनएन

'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुहोस्' Read Previous

'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुहोस्'

हरेक स्थानीय तहमा कम्तीमा एउटा शाखाबाट सेवा दिन राष्ट्र बैंकको निर्देशन Read Next

हरेक स्थानीय तहमा कम्तीमा एउटा शाखाबाट सेवा दिन राष्ट्र बैंकको निर्देशन