काठमाडौं । माछापुछ्रे बैकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कोइरालालाई नियुक्त गरेको छ । उनि यसअघि बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
आज सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई बैशाख १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो ।
तत्कालीन सीइओ सुमन शर्माले राजिनामा दिएपछि गत चैत २ गतेदेखि कोइराला कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए । २ दशकभन्दा बढी बैंकिङको अनुभव भएका कोइराला बैंकको डेपुटी सीइओका रुपमा कार्यरत थिए ।