थाइल्याण्डमा रोबोटको सहयोगमा कोरोनाका बिरामीको उपचार गरिँदै, प्रभावकारी भएको अधिकारीहरुको दाबी

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएपछि साधनस्रोत र स्वास्थ्यकर्मीहरुको अभाव देखिन थालेको छ । सोमबारसम्म मात्रै यो भाइरसले विश्वव्यापी रुपमा ३ लाख ५० हजार मानिसहरुलाई संक्रमित बनाएको छ भने १५ हजार भन्दा बढिको ज्यान लिएको छ ।

 

दक्षिण पूर्वी मुलुक थाइल्याण्डमा पनि ७ सय भन्दा बढि संक्रमित रहेका छन् भने अहिलेसम्म १ जनाको मात्र ज्यान गएको तथ्याङ्कले देखाएको छ ।

 

कोरोना भाइरससँग लड्न त्यहाँका अस्पतालहरुले अहिले ‘निन्जा रोबोट’हरुको प्रयोग गरिरहेका छन् । पाङग्रा माथि ठड्याइएको यो रोबोटले बिरामीहरुको ज्वरो नाप्ने देखि लिएर अन्य अन्त्रक्रियाहरु समेत गर्न गर्दछ । यसले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई सुरक्षित बनाउनुका साथै उनीहरुको अभाव पनि खड्किन नदिएको अधिकारीहरु बताउँछन् ।

 

अस्पतालका टोलीले रोबोटको सकेसम्म धेरै उपयोग गर्दै आएका छन् । रोबोटलाई खाना पुर्याउने देखि लिएर सरसफाइका कामहरु समेत लगाइदैं आएको छ ।

 

यो रोबोट शुरुमा निको हुँदै गरेको मुटुका रोगीहरुको हेरचाहको लागि बनाइएको थियो । त्यसपछि एक विश्वविद्यालयका बिद्यार्थीहरुले यसलाई कोरोनाको उपचारको लागि सहयोगी हुने ढंगले पुर्नसंरचना गरे ।

 

यी रोबोटहरु बिरामीको ज्वरो नाप्ने देखि लिएर अन्य कामहरु गर्दै आएका छन् । यसले गर्दा स्वास्क्ष्यकर्मीहरु सुरक्षित महशुस गर्दै आएका छन् । र, उनीहरुले बिरामीहरुसँग धेरै अन्र्तक्रिया गर्नु परेको छैन ।

 

यी रोबोटहरु पाङ्ग्रामा ठडिएका हुनाले सजिलै यताउता जान सक्छन् । रोबोटहरुमा काँचको पर्दा पनि राखिएको छ, जहाँबाट डाक्टरले बिरामीहरुसँग अन्त्रक्रिया पनि गर्नसक्छन् ।

 

यी रोबोटहरु कालो रङका भएका हुनाले यीनीहरुको नाम निन्जा रोबोट राखिएको हो ।

 

हाल थाइल्याण्डका ४ वटा अस्पतालका यी रोबोटले सेवा दिइरहेका छन् । अब थप १० वटा अस्पतालमा यी रोबोटहरुको सेवालाई विस्तार गर्ने योजना रहेको अधिकारीहरु बताउँछन् ।

माछापुछ्रे बैंकको सीइओमा सन्तोष कोइराला नियुक्त Read Previous

माछापुछ्रे बैंकको सीइओमा सन्तोष कोइराला नियुक्त

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा Read Next

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा