कोरोनाविरुद्ध कसरी लड्ने, यस्ता छन् विश्व स्वास्थ्य संगठनका सुझाव

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वका १९२ देशमा फैलिसकेको छ ।
विश्वका विकसित र शक्तिशाली मानिएका अमेरिका, युरोपियन देशहरू यसबाट ग्रसित बनेका छन् ।

 

कोरोनाको संक्रमण विश्वव्यापी रुपमा दिनदिनै तीव्र गतिमा फैलिरहेको छ । आज (मार्च २३ बिहान) सम्म विश्वका करिब ३ लाख ४० हजार व्यक्ति संक्रमित भएका छन् भने १४ हजार ७ सयको मृत्यु भइसकेको छ ।

 

अहिले कोरोनाले पूरै विश्वलाई नै आक्रान्त पारेको छ । यस्तो अवस्थामा सबैले सावधानी अपानाउनु नै बुद्धिमानी हुन्छ । कोरोनाको संक्रमणबाट बच्न भीडभाड बाट टाढा रहने, सकेसम्म घरभित्रै क्वारेन्टाइनमा बस्ने लगायत सतर्कता अपनाउनु पर्छ ।

 

यस्ता छन् कोरोना विरुद्ध लड्न विश्व स्वास्थ्य संगठनले दिएका सुझाव : 

 

१. स्वस्थ र पौष्टिक आहार खानुहोस, जसले तपाईंको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसँग कार्य सम्पादन गर्न सहयोग गर्दछ ।

 

२. मदिराज्य पदार्थको सेवनलाई सीमित गर्नुहोस् । गुलियो पेय पदार्थहरु नलिनुहोस् ।

 

३. धूम्रपान नगर्नुहोस । यदि तपाईं कोरोना भाइरसबाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन सक्छ ।

 

४. शारीरिक व्यायम गर्नुहोस । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ वयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न लगाउनु होस् ।

 

५. यदि तपाईं घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्थामा हुनु हुन्न भने व्यायाम गर्नुहोस्, नाच्नुहोस्, योगा गर्नुहोस् ।

 

६. यदि तपाईंलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस ।

 

७. घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस । तपाईंले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

 

८. तपाईंको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो ।

 

९. यस्तो बेलामा तपाईंले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्ने गर्नुहोस । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।

-एजेन्सी

तरकारी बजारमा समेत घट्यो चहलपहल Read Previous

तरकारी बजारमा समेत घट्यो चहलपहल

कर्णाली सरकारको पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक, यस्ता छन् लक्ष्य Read Next

कर्णाली सरकारको पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक, यस्ता छन् लक्ष्य