माछापुछ्रे बैंकद्वारा काठमाडौंका १६ स्थानमा हात धुने ठाउँको व्यवस्था

काठमाडौं । माछापुछ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभर देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

 

बैंकले बानेश्वर चोक लगायत काठमाडौैं तथा भक्तपुरका अत्यन्त भीडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो ।

 

बैंकले नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाइजरको व्यवस्था गरेको हो । बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा माछापुछ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 

विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइृसरको संक्रमणबाट बच्नका लागि साबुन पानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्र्वजनिक स्थानमा हात धुन सम्भव नहुने हुँदा बैंक तथा महानगरीय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

 

बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुनाले माछापुछ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाइजरको व्यवस्था गरेको छ ।

 

बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैमा आग्रह गरेको छ ।

 

साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबार कम गर्न समेत ग्राहकलाई आग्रह गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा ‘वाटर एटीएम' राखिने Read Previous

काठमाडौंका विभिन्न ठाउँमा ‘वाटर एटीएम' राखिने

कर्मचारी सञ्चय कोषले आर्थिक कारोबार बन्द गर्ने Read Next

कर्मचारी सञ्चय कोषले आर्थिक कारोबार बन्द गर्ने