सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग, धितोपत्र बोर्डमा छलफल जारी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले बुधबार २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सरकारको सो व्यवस्थापछि लगानीकर्ताले केही समय सेयर कारोबार पनि बन्द गर्न माग गरेका छन् ।

 

लगानीकर्ताले सेयर कारोबार बन्द गर्न माग गरेपछि अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा लगानीकर्ता, ब्रोकरका प्रतिनिधि लयागत सरोकारवालाहरू छलफलमा जुटेका छन् ।

 

कोरोनाका कारण समग्र अर्थतन्त्र नै शिथिल हुँदै गएको र त्यसको असर पूँजी बजारमा पनि देखिन थालेपछि लगानीकर्ताले थप नोक्सानीलाई रोक्न कारोबार बन्द गर्न माग गरेको हुन् ।

 

सरकारले बुधबार मानिसको बाक्लो उपस्थित हुने सिनेमाघर, जिमखाना, मनोरञ्जनस्थल, खेलकुद लगायत स्थल बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय कोरोना अरका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । जसले गर्दा लगानीकर्ताले खर्बौं डलर नोक्सानी बेहोर्दै आएका छन् ।

 

कोरोनाका कारण पछिल्लो समय विश्वका अधिकांश ठूला सेयर बजारमा ठूलो गिरावट आइरहेको छ । अमेरिका, जापान, हङकङ, इटाली लगायतका देशका शेयर बजार पछिल्लो २ दशक यताकै कमजोर अवस्थामा पुगेका छन् । पछिल्लो १ महिनामा मात्र विश्वसेयर बजारका लगानी कर्ताले करिब १०० खर्ब डलरभन्दा बढी गुमाइसकेका छन् ।

 

विश्वकै सबैभन्दा ठूलो स्टक मार्केट न्यूयोर्क स्टक एक्सचेन्जमा पनि १ जना कोरोना संक्रमित भेटिएपछि फ्लोर कारोबार बन्द गरिएको छ । न्यूयोर्क स्टक एक्सचेन्जले अब  फ्लोर कारोबार बन्दगरी अनलाइनबाट मात्र कारोबार गर्ने जनाइएको छ ।

कोरोना संक्रमणको आशंका गरिएका बिरामीद्वारा आत्महत्या Read Previous

कोरोना संक्रमणको आशंका गरिएका बिरामीद्वारा आत्महत्या

विदेश जाने बढे पनि रेमिट्यान्स भने घट्यो Read Next

विदेश जाने बढे पनि रेमिट्यान्स भने घट्यो