कोरोना संक्रमणको आशंका गरिएका बिरामीद्वारा आत्महत्या

काठमाडौं । भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

 

संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

आत्महत्या गर्नेको परिचय खुलाइएको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि अस्पष्ट छ । यद्यपि, कोरोनाको तनावले ती बिरामीले यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ ।

 

टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो ।

 

उनी अस्पतालको आइसोलेसन वार्डमा राखिएका थिए । नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल Read Previous

१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल

सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग, धितोपत्र बोर्डमा छलफल जारी Read Next

सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग, धितोपत्र बोर्डमा छलफल जारी